कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

34
Share
Featured
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजका लागि बोलाएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।
  • विशेष महाधिवेशनको विषयमा पार्टीभित्र विवाद चुलिएका बेला आधिकारिक धारणा सार्वजनिक गर्न सम्मेलन तय गरिएको थियो।
  • केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन रोक्न अपिल गरिसकेको अवस्थामा अन्तिम समयमा सम्मेलन रद्द गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चुलिएका बेला कार्यवाहक सभापति खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागेका थिए ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सुरुमा पत्रकार सम्मेलनबारे जानकारी दिए पनि केही समयपछि अर्को सूचना जारी गर्दै स्थगित भएको जानकारी गराएका हुन् ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन रोक्न अपिल गर्ने निर्णय गरेको थियो । आजको पत्रकार सम्मेलनमा इतर समूहका नेता डॉ. शेखर कोईराला पनि सहभागी हुने चर्चा थियो, तर अन्तिम समयमा आएर सम्मेलन स्थगित गरिएको हो ।

यो समाचारमा

नेपाली काँग्रेसडॉ. शेखर कोईरालाकाठमाडौँपूर्ण बहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...