सरस्वती पूजा नजिकिँदा मूर्तिकारलाई भ्याईनभ्याई, मौसमले थप्यो चुनौति

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

43
Share
Featured
  • सरस्वती पूजाअघि मूर्तिकारहरू मूर्ति निर्माणमा व्यस्त छन्, तर चिसो र घाम नलाग्दा माटो सुकाउन गाह्रो भैरहेको छ।
  • यस वर्ष ४० वटा मूर्तिको अर्डर आएको छ, पहिलेको वर्षभन्दा बढी, जसले आम्दानी त बढाएको छ तर चुनौती पनि बढाएको छ।
  • एक मूर्ति बनाउन सामान्यतया ३–५ दिन लाग्छ र आम्दानी मेहनत अनुसार हुन्छ; ठूलो आकार र नयाँ डिजाइनका मूर्तिहरू अहिले बढी बिक्री हुने देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरस्वती पूजा आउन १५ दिन मात्र बाँकी रहेको बेला मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ ।

जनकपुरधामसहित धनुषामा धुमधामका साथ मनाइने सरस्वती पूजाको तयारी अहिलेदेखि नै सुरु भएको छ । माता सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु दिन रात लागिपरेको देखिन्छन् ।

सिजनल काम भएकोले गर्दा वर्षभरि अरु काम गर्ने र चाडपर्व नजिक आउँदा मूर्ति निर्माणमा व्यस्त हुन्छन मूर्तिकारहरु ।

यसपाली भने मूर्तिकारहरुलाई असहजता भएको देखिएको छ । घाम नलागेका कारण माटो मुछ्नेदेखि लिएर मूर्ति सुकाउन समेत गाह्रो भएको बताउँछन् जनकपुरधामका मूर्तिकार उतीम लाल पण्डित । अत्याधिक चिसो बढेका कारण माटो मुछ्दा हात खुट्टा सुन्निने, काम गर्न अप्ठ्यारो हुने समस्या भइरहेको बताउँछन् उनी ।

विगतको वर्ष भन्दा बढी मूर्तिको बुकिङ्ग भएकाले यस वर्ष आम्दननीको साथै चुनौती पनि बढेको उनको भनाई छ । उनले घाम नलागेकाले मूर्तिलाई आकार दिएपछि सुक्न नसकेको दुखेसो पोखे ।

माटो नसुकुन्जेल पेन्ट गर्न नमिल्ने उनले बताए । १५ दिन बाँकी रहँदा नै ४० वटा मूर्तिको अर्डर आएकाले उनले वैकल्पिक तरिका अपनाउने बताए । तातो हावा फ्याल्ने र माटो सुकाउने उपकरण मगाएर मूर्तिलाई सुकाउनुपर्ने देखिएको उनको भनाई छ । तर यस्तो गर्दा थोरै पैसा बच्ने उनी भन्छन् ।

मूर्तिकारहरुले एक सिजनमा घर खर्चा चलाउने जति कमाउन सक्ने बताउँछन् मूर्तिकार पणिडत । आम्दानी राम्रै भएपनि सिजनल मात्र भएकाले अन्य समयमा अरु काम पनि गर्ने गरेको उनको भनाइ छ ।

एउटा मूर्तिमा २० प्रतिशत प्रयोग हुने सामानहरुको र बाँकी मेहनत मजदुरी अनुसार तीन दिनदेखि पाँच दिनसम्म लाग्ने र सोही अनुसारको आम्दनी हुने गरेको उनले जानकारी दिए । पहिला सानो मूर्तिहरु बढि विक्री हुने गरेकोमा अहिले नयाँ डिजाइन र ठूलो आकारको मूर्तिहरु बढि विक्री हुने गरेको उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँजनकपुरधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...