आइटी पत्रकारिता तालिम लिएका टोखा–९ का सहभागी भन्छन् : ‘उत्साहित छौं, व्यवहारमा उतार्छौ’

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

46
Share
Featured
  • टोखा नगरपालिकाले वडा नं. ९ मा सात दिने युवा आइटी तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ।
  • तालिममा सहभागीहरूले पत्रकारिताका आधारभूत ज्ञान, गलत सूचनाबाट बच्ने उपाय र प्रविधिमैत्री सीप हासिल गरेका छन्।
  • स्थानीय तहले नागरिक सचेतना बढाउने नयाँ अभ्यास थालेको भन्दै सहभागीहरूले कार्यक्रमको प्रशंसा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

टोखा नगरपालिकाले सात दिने युवा आइटी तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । टोखा नगरपालिका वडा नम्बर ९ को हलमा सञ्चालन भएको तालिममा वडाबासीसहित स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सहभागीले सात दिनमा युवा आइटी र पत्रकारिताका विषयका आधारभूत कुरा सिकेको बताएका छन् । सहभागी मीना दाहाल गुरागाइँले भनिन्, ‘हामीले पत्रकारिताका विषयमा सुनेका कुरा, प्रविधिमैत्री जीवनका विषयमा धेरै जीवनउपयोगी सीप सिकेका छौँ । हामीलाई यो तालिमले उत्साह थपेको छ । यसलाई व्यवहारिक जीवनमा उतार्न प्रयोग गर्छौ ।’

सहभागी द्वारीका कुइँकेलले पाको उमेरमा पनि उपयोगी सीप सिकेको भन्दै खुसी व्यक्त गरिन् । योग प्रशिक्षकसमेत रहेकी अर्की सहभागी जानुका नेपालले पत्रकारिताका आधारभूत विषय, प्राविधिक ज्ञान सबै क्षेत्र र पेशाका लागि अत्यावश्यक भएको महसुस गरेको छु । उनले अब यो आधारभूत सीपलाई व्यवसायिक बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने बताइन ।

सहभागीले पत्रकारिताको अवधारणासँगै पत्रकारले गर्ने काम, समाचारका आधारभूत तत्व, पत्रकार आचारसंहिता, समाचार चिन्ने विषय, गलत सूचनाबाट बच्ने उपायसँगै भाइरलका नाममा चलेका ट्रेनबाट बच्न र सावधानी अपनाउनुपर्ने विषयमा जानकारी लिएको बताएका छन् । यो सीपले अब थप सचेत बताएको बताउँदै मोवाइलको बहुपयोगका बारेमा जानकारी लिएको बताएका छन् ।

तालिमलाई योहो टेलिभिजनका प्रधानसम्पादक जीवराम भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण बस्नेत, नेपाल रिपब्लिक मिडिया लिमिटेडका सम्पादक तेजेन्द्र काफ्ले, टूर खबरका सम्पादक टंक खनाल, नेपाल न्यूज बैंकका सम्पादक युवराज गौतम, हिमालयन टेलिभिजनका कार्यक्रम प्रस्तोता भूपाल लुइटेल, न्यूज २४ को कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरू, नागरिक न्यूजका डेस्क सम्पादक अमृत थापा, टोखा नगरपालिकाका बसन्त पाठक, टोखा नगरपालिका ९ का वडाध्यक्ष रामभक्त घिमिरेले सहजीकरण गरेका थिए ।

तालिमको समापन सत्रमा सहभागीले टोखा नगरपालिका वडा नम्बर ९ ले नागरिकलाई सचेत बनाउन नयाँ अभ्यास गरेको भन्दै वडाको कामको तारिफ गरेका थिए ।

समापन सत्रमा प्रशिक्षक जीवराम भण्डारीले फरक उमेर समूहका व्यक्तिको सक्रियताका साथ पत्रकारिता तथा प्रविधिका विषय लिएको चासो उपयुक्त रहेको बताउँदै यो ज्ञान र सीपलाई जीवनमा उतार्न सुझाएका छन् ।

वडाध्यक्ष रामभक्त घिमिरेले सिकेको सीप र ज्ञानले वडाका सकारात्मक कामको प्रचार गर्न, सुधार गर्नुपर्ने विषयमा खबरदारी गर्न र सुझावसहितको सूचना संप्रेषण गर्न आग्रह गरेका छन् ।

यो समाचारमा

काठमाडौँटोखा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...