प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

39
Share
Featured
  • मकवानपुरका एसपी सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन्।
  • शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सामुदायिक प्रहरी साझेदारी र विपद् व्यवस्थापनमा प्रभावकारी नेतृत्वका कारण उनी सिफारिस भएका हुन्।
  • उनको बढुवा सिफारिसप्रति स्थानीय सरोकारवालाले बधाई दिँदै आगामी जिम्मेवारीमा सफलताको कामना गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

नेपाल प्रहरी संगठनको कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको आधारमा गरिएको बढुवा प्रक्रियामा एसपी बोहरा एसएसपीमा सिफारिस भएका हुन् ।

मकवानपुरमा रहँदा उनले शान्ति–सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए ।

बोहराको कार्यकालमा मकवानपुर जिल्लामा प्रहरी–नागरिक सम्बन्ध सुधार, संवेदनशील घटनाको छिटो छरितो अनुसन्धान, तथा सार्वजनिक सुरक्षामा उल्लेखनीय सुधार देखिएको स्थानीयको भनाइ छ। साथै, उनको नेतृत्वमा विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूलाई संयमतापूर्वक व्यवस्थापन गरिएको थियो।

प्रहरी संगठनभित्र अनुशासित, कार्यकुशल र परिणाममुखी अधिकारीका रूपमा परिचित बोहराको बढुवा सिफारिसले संगठनमा थप जिम्मेवारी र अपेक्षा बढ्ने विश्वास गरिएको छ।

बढुवा सिफारिसपछि मकवानपुरका सरोकारवालाहरूले एसपी बोहरालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यकालका लागि सफलताको कामना गरेका छन्।

यो समाचारमा

काठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...