निर्यात विविधीकरणमा धेरै ढिलाइ भइसक्यो, अब युद्धस्तरमा काम गर्नुपर्छ-मन्त्री सिन्हा

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

43
Share
Featured
  • मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउन नेपालले ढिलाइ गरिसकेको भन्दै अब युद्धस्तरमा ठोस कार्ययोजना आवश्यक भएको बताए।
  • एलडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै व्यापारिक सुविधा गुम्ने भएकाले उत्पादनशीलता, लागत घटाउने र गुणस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
  • लगानीमैत्री वातावरण बनाउन नीतिगत तथा प्रक्रियागत अस्पष्टता हटाइँदै आएको र प्राप्त सुझावहरू सरकारी कार्ययोजनामा समेटिने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा धेरै ढिलाइ गरिसकेको बताएका छन् । उनले अब यस क्षेत्रमा युद्धस्तरमा ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

बिहीबार आयोजित 'इयु–नेपाल व्यापार तथा लगानी संवाद' कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले भने, “व्यापार लागत, नियामक अवरोध जस्ता विषयमा हामीले धेरै कुरा गर्‍यौं तर कार्यान्वयनमा सधैं पछाडि रह्यौं ।”

उनले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा पाइने व्यापारिक सुविधाहरू गुम्ने भएकाले त्यसका लागि गम्भीर तयारी गर्नुपर्ने बताए । “हामी सधैं राज्यको सहयोगमा निर्भर रहन सक्दैनौं । प्रतिस्पर्धी बन्न उत्पादनशीलता बढाउने, लागत घटाउने र गुणस्तरीय उत्पादनमा केन्द्रित हुनुपर्छ,” उनले भने ।

मन्त्री सिन्हाले लगानीको वातावरण बनाउन नीतिगत र प्रक्रियागत अस्पष्टता हटाउँदै प्रक्रियालाई सरल बनाउने प्रयास भइरहेको जानकारी दिए । उनले कार्यक्रमबाट प्राप्त सिफारिसहरूलाई सरकारको कार्ययोजनामा समेटेर देशको आर्थिक हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो समाचारमा

अनिलकुमार सिन्हाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...