सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार १५:०२

50
Share
Featured
  • गृह मन्त्रालयले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १०-बुँदे निर्देशनात्मक सर्कुलर जारी।
  • गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन र सरोकारवालासँग समन्वय बैठक, सद्भाव र्‍याली तथा सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन।
  • प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी सम्भावित विवाद हुने पर्व/कार्यक्रमको वार्षिक क्यालेन्डर तयार गर्न आग्रह।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ।

मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैर–कानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।

यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवद्र्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न निर्देशन भएको छ। यसका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भावका लागि सार्वजनिक आव्हान गर्ने निर्देशन भएको छ।

सबै पक्षहरूको सहभागितामा सद्भाव ¥याली आयोजना गरी त्यस्ता घटनाहरू बढ्न नदिने र सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ चेक जाँचको व्यवस्था मिलाउन पनि गृहको सर्कुलरमा भनिएको छ।

स्थानीय स्तरमा समेत विभिन्न सञ्चार माध्यमहरूबाट स्थानीय भाषामा सामाजिक सद्भाव बढ्ने खालका कार्यक्रम सञ्चालन गर्न र प्रदेश तथा स्थानीय स्तरमा समन्वयात्मक र प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालनमा जोड दिन निर्देशन गरिएको छ।

यस्तै, बुँदा नम्बर ७ मा, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्सीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील गर्ने गराउने बारे निर्देशन गरिएको छ। समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सदस्य, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला अध्यक्ष सदस्य, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सदस्य, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष सदस्य, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि र सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवा सदस्य रहने समिति गठन गरिएको छ।

यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ

ट्यागहरू

#घटना#जिल्ला प्रशासन कार्यालय#कानुन#राजनीतिक दल#गृह मन्त्रालय#राजनीतिक#नेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू