सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

46
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतन अवलोकन र अन्तरक्रिया गरे।
  • जेष्ठ नागरिक सेवामा ज्यापू समाजको योगदान प्रशंसनीय भन्दै सरकारबाट सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त।
  • आनन्द निकेतनलाई कम्तीमा १० वर्षे योजनासहित सञ्चालन गर्न सुझाव, हाल २५ जेष्ठ नागरिकले सेवा लिइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् ।

ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् ।

जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए ।

‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताको लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ,’ उनले भने ।

समयक्रमसँगै बालबालिकाबाट जेष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सबैको खुसीको लागि सरकारको जिम्मेवारीमा रहेर सकरात्मक काम गर्ने बताए ।
‘हामीले गर्ने सहयोग गर्छौं, नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउन ध्यान दिएर काम गर्छौं, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न सम्पदा यात्रा नामक कार्यक्रम नेपाल टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने ।

मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवम् सञ्चालनका लागि न्युनतम पनि दश बर्षको योजना बनाएर काम गर्न आग्रह गरे ।

ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले जेष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको लागि सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा संख्या वृद्धि गर्दै जाने बताए ।

यो समाचारमा

ललितपुरजगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...