आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन् :मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

41
Share
Featured
  • ऊर्जामन्त्री कुलमान घिसिङले आफू आजसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्य नभएको स्पष्ट पारेका छन्।
  • इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यससम्बन्धी प्रक्रिया श्रम मन्त्रालयमार्फत अगाडि बढिसकेको जानकारी दिए।
  • दरबन्दी स्वीकृतिमा अर्थमन्त्रालयको असहमतिका कारण इन्जिनियरहरू रोजगारीबाट वञ्चित भइरहेको भन्दै सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् ।

काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् ।

उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’

त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए ।

‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै निर्देशन जारी गर्नुपर्ने हुनाले त्यसमा हामी अगाडि बढेको छौं ।’ उनले भने ।

उनले केही कुरामा मात्र पनि सरकारले ध्यान दिएर सुधार गर्ने हो भने धेरै इन्जिनियरहरुले रोजगारी पाउने अवस्था सृजना हुने बताए । दरबन्दी निर्माण गर्न खोज्दा अर्थमन्त्रालयले सहमति नदिदा धेरै इन्जिनियरहरुले रोजगारीबाट बञ्चीत हुनुपर्ने अवस्था रहेको उनको भनाई छ ।

उनले भने, ‘केही कुराहरुमा सुधार गर्दाखेरी धेरै इन्जिनियरहरुले रोजगारी पाउने अवस्था छ । त्यो विषयलाई हामीले नियन्त्रण गर्ने र गम्भीर रुपमा सरकारले हेर्नुपर्छ । संस्थानहरुमा इन्जिनियरहरुको धेरै ठूलो माग छ । विद्युत प्राधिकरणमा पनि धेरै माग छ । इलेक्ट्रिकल इन्जिनियर पाएकै छैन् । त्यसको दरबन्दी निर्माण गर्न खोज्दा अर्थमन्त्रालयले सहमति दिँदैन् । एकातिर प्रदर्शन गर्न सकेको छैन अर्कोतिर रोजगारी सृजना भइरहेको छ यो कुरा सरकारले गम्भीर रुपमा हेर्नुपर्छ’ उनले भने ।

यो समाचारमा

काठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...