विदेश होइन, भविष्य यहीँ छ, नेपालमै सम्भावना देख्ने एक युवाको कथा

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

57
Share
Featured
  • विदेशिने युवाको संख्या बढ्दै गए पनि स्वदेशमै श्रम र उद्यममार्फत आत्मनिर्भर बन्ने अवसरहरू उपलब्ध छन्, जसमध्ये राइड सेयरिङ सेवा (पठाओ, यांगो, इनड्राइभ) उल्लेखनीय माध्यम बनेको छ।
  • रोशन शेरमाको अनुभवले देखाउँछ कि नेपालमै मेहनत र लक्ष्यसहित काम गरे दैनिक आम्दानी र बचत सम्भव छ, र पारिवारिक सम्बन्ध पनि बलियो रहन्छ।
  • यस्ता अवसरहरूले युवालाई स्वदेशमै टिक्न प्रेरित गर्दै व्यक्तिगत जीवन र परिवारसँग समय बिताउने सुख सुनिश्चित गर्न सक्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आजको सबैभन्दा ठूलो आवश्यकता भनेको युवालाई स्वदेशमै बस्न र यहीँ सम्भावना खोज्न प्रेरित गर्नु हो । तर पछिल्ला वर्षहरूमा नेपालबाट विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोही बाध्यताले, कोही रहरले त कोही ‘नेपालमा केही छैन’ भन्ने सोच बोकेर विदेशिने गरेका छन् ।

धेरै युवामा विदेश गएपछि सजिलै पैसा कमाइन्छ, अलिकति मेहनतमै जीवन बदलिन्छ भन्ने भ्रम देखिन्छ । तर यथार्थमा, यही सोचका कारण धेरै नेपाली युवा विदेशमा अपेक्षाभन्दा बढी कठिनाइ, शोषण र मानसिक पीडा भोग्न बाध्य हुन्छन् ।

तर पछिल्लो समय स्वदेशमै श्रम र उद्यम गरेर आत्मनिर्भर बन्ने युवाको संख्या पनि कमी छैन् । त्यसमध्ये राइड सेयरिङ पेशा आम्दानीको गज्जबको माध्यम बनेको छ । नेपालमा संचालित राइड सेयरिङ कम्पनीहरु पठाओ, इनड्राइभमा धेरै युवा जोडिएका छन् ।

कामको सिलसिलामा रिपोर्टर वालाजु पुग्दा त्यहाँबाट पुल्चोक छिटो पुग्नुपर्ने भएकाले यांगो बुक गर्नासाथ चालक लोकेशनमा आएका थिए । र केवल १३५ रुपैयाँमै पुल्चोकसम्म पु-याए ।

बाटोमा उनले मुस्कुराउँदै भने, ‘यो साइडको बाटो जाममा पर्दैन ।’ छोटो समयमै गन्तव्यमा पुग्दा मैले आधुनिक प्रविधिले जीवन कति सहज बनाइदिएको छ भन्ने महसुस गरें ।

यात्राकै क्रममा भेट रोशन शेर्मासँग भयो । उनी २३ वर्षका युवा हुन् । हाल काठमाडौंको सामाखुसीमा बस्दै आएका रोशनको स्थायी घर सर्लाही हो । उनी अध्ययनसँगै यांगो चलाउँछन् । जिज्ञासावश उनलाई सोधेँ, ‘यांगो चलाउँदा कतिको आम्दानी हुन्छ ?’

उनले खुलेर भने,‘यदि बिहानदेखि बेलुकासम्म लक्ष्य राखेर काम गरें भने राम्रो कमाइ हुन्छ । खाजा र पेट्रोल खर्च कटाएर दिनमा करिब ३५ सय रुपैयाँ जति बचत हुन्छ । कुल कमाइ झण्डै पाँच हजार पुग्छ ।’

रोशनलाई विदेश जाने चाहना छैन । उनी भन्छन्,‘विदेशमा मात्रै पैसा कमाइन्छ भन्ने सोच गलत रहेछ । नेपालमै पनि इमान्दारीपूर्वक काम ग-यो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’

उनका अनुसार नेपालमै बस्दा आमाबुबासँग भेटघाट गर्न पाइन्छ, चाडपर्व र मेलामौसरमा घर पुग्न सकिन्छ, जुन कुरा विदेशमा सम्भव हुँदैन । यसले व्यक्तिगत जीवनसँगै पारिवारिक सम्बन्धलाई पनि बलियो बनाउँछ ।

यांगो र पठाओजस्ता सवारी सेवाहरूले काठमाडौंमा यात्रालाई छरितो बनाउनुका साथै सयौँ युवालाई रोजगारीको अवसर दिएका छन् । रोशनको अनुभवले स्पष्ट त्यही देखाउँछ । लक्ष्यसहित मेहनत गरे नेपालमै पनि आत्मनिर्भर बन्न सकिन्छ । यस्ता अवसरहरूले युवालाई स्वदेशमै टिक्न प्रेरणा दिन सक्छन् ।

नेपालमा राजनीतिक अस्थिरता, सीमित रोजगारी र साना व्यवसायका चुनौतीहरू अवश्य छन् । तर यी समस्याका बीच पनि इमान्दारी, निरन्तर प्रयास र सही सोच भए युवा नेपालमै राम्रो भविष्य निर्माण गर्न सक्छन् । रोशन भन्छन्, ‘पैसाका लागि मात्रै विदेश जानु समाधान होइन । नेपालमै बस्ने उपाय खोज्नुपर्छ । आमाबुबाको सेवा गर्न पाउनु र परिवारसँग समय बिताउन पाउनु नै जीवनको साँचो सुख हो ।’

अन्तत : युवाको सपना नेपालमै पनि पूरा हुन सक्छ । राइड सेयरिङ पेसामा आवद्धहरुले स्वदेशमै काम गर्ने अवसर मात्र पाएका छैनन् परिवारसँगै बसेर आनन्दको जीवन विताइरहेका छन् ।

यो समाचारमा

काठमाडौँनेपालसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...