ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६ र २७ गते हुने

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

34
Share
Featured
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ साधारणसभा तथा ८औँ महाधिवेशन पुस २६–२७ गते ललितपुरमा हुँदैछ।
  • साधारणसभामा महासंघका गतिविधि समीक्षा, आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनबारे छलफल हुनेछ।
  • महाधिवेशन तयारीका लागि पुस २५ गते कार्यसमिति बैठक बस्ने र सबै सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।

महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।

महासंघले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए।

यसैबीच महासंघको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। उक्त बैठकमा महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन महासंघले सबै सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।

यो समाचारमा

ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...