धनुषा मस्जिद तोडफोड घटना ः सरोकारवलासंग छलफल सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

41
Share
Featured
  • धनुषा कमला नगरपालिका–६ मा मुस्लिम र हिन्दू समुदायबीचको विवादका क्रममा मस्जिदमा तोडफोड र कुरान जलाइएको घटना भएको थियो; प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कानुन अनुसार संलग्न व्यक्तिहरूलाई सजाय हुने जानकारी दिए।
  • घटनामा हालसम्म ३ जना पक्राउ परेका छन् भने अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको छ; सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताको भावनालाई सम्मान गर्न आह्वान गरिएको छ।
  • एसपी रुगम बहादुर कुवरले सामाजिक सञ्जालको अनुगमन आवश्यक रहेको भन्दै टिकटकमा अपलोड भएका Provocative भिडियोहरू घटनाको मुख्य कारण भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धनुषाको कमला नगरपालिका, धनुषा वडा नं. ६ मा गत शनिबार १९ गत्ते भएको मस्जिदमा तोडफोड एवम मुस्लिम धर्मको धार्मिक ग्रन्थमा आगजनी घटनामा आज सरोकारवलाहरुसंग छलफल भएको छ ।

जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गरेका छन् । छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लुइटेलले कमला नगरपालिकाका घटेको घटनामा संलग्नहरु कानुन बमोजिम सजाय हुने जानकारी दिए ।

उनले सामाजिक सद्भाव, धार्मिक सहिष्ण्णुता, एकताको भावनामा कहिँ कसैबाट कानुन उलंघन हुने, द्वव्श फैलाउने, एक अर्काप्रति आक्षेप लगाउने जस्ता कार्यहरु गर्न नहुने बताए । यस्ता क्रियाकलाप गर्ने जुनसुकै पक्षका व्यक्तिलाई कानुनी दायरामा लिएर मुलुकी फौजदारी संहीयता बमोजिम कारवाही हुने उनले प्रष्ट पारे ।

प्रजिअ लुइटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोसित समुदायलाई आग्रह गरे । उनले अहिले सम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

छलफलमा सहभागी धनुषाका एसपी रुगम बहादुर कुवरले यस्ता घटनालाई दिर्घकालिन रुपमा रोक लगाउन सरकारले सामाजिक सञ्जाललाई गम्भिर भएर अनुगमन र नियन्त्रण गर्नु पर्ने धारणा राखे । उनले सामाजिक सञ्जाललाई नियमन गर्न नसक्नुको कारण नै कमला नगरपालिकाको घटना घटनुको मुख्य कारण रहेको बताए ।

गत शनिबार धनुषाको कमला नगरपालिका ६ का मुस्लिम समुदायका केही युवाहरुले टिकटकमा हिन्दू समुदायलाई लक्ष्ति गर्दै भिडियो बनाएर पोस्ट गरेका थिए । सोही आक्रोसमा हिन्दू समुदायका केही युवाहरुले सोही वडामा रहेको मस्जिदमा तोडफोड गर्नुका साथै धार्मिक ग्रन्थ कुरानलगायतका किताबहरु जलाई दिएका थिए । सो पश्चात उक्त क्षेत्रमा तनाव सृजना भएको थियो । धनुषा प्रहरीले टिकटकमा भिडियो बनाएर अपलोड गर्ने दुई जना र मस्जिदमा तोडफोड गर्ने एकजनालाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

यो समाचारमा

धनुषाकाठमाडौँकमला नगरपालिका, धनुषाजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...