ललितकलामा भिडियो आर्ट इन्स्टलेसन कार्यशाला

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

26
Share
Featured
  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नक्सालमा ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सोमबारबाट सुरु।
  • कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि कन्टेन्ट, कन्सेप्ट र प्रविधिको संयोजन आवश्यक रहेको बताए।
  • शुक्रबारसम्म चल्ने कार्यशालामा विभिन्न कलाकारको सहभागिता, प्राविधिक ज्ञान र कन्सेप्ट विकासमा केन्द्रित।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ नक्सालमा सुरु भएको छ ।

कार्यशालाको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यस कलाको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका छन् ।

उनले भिडियो आर्ट इन्स्टलेसनमा यसको कन्टेन्ट, कन्सेप्ट, टुल्स तथा टेक्निकको विषयबारे बोल्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी कल्चरल गाइडलाइनका आधारमा कला सिर्जना हुनपर्ने बताए ।

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको कन्सेप्टका बारेमा ध्यान दिन आग्रह गरेका छन् । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताए ।

कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले भिडियो आर्ट इन्स्टलेसनको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुवात सन् १९८७ मा फस्र्ट एनिमेसन आर्ट वर्कसपसँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गर्दै कार्यशालामा सहभागी कलाकारहरूलाई भिडियो आर्ट इन्स्टलेसनसम्बन्धीे प्राविधिक ज्ञान तथा कन्सेप्ट डेभलोपमेन्टलगायतका विषयमा जानकारी दिए ।

शुक्रवारसम्म चल्ने कार्यशालामा डिभा लिम्बु, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशीला मुक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...