बुढीगङ्गाका पूर्वमेयरसहित १४ जनाविरुद्ध ३ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

52
Share
Featured
  • अख्तियारले बाजुराको बुढीगङ्गा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • नगर भवन निर्माण ठेक्कामा मिलेमतो गरी बोलपत्र सर्त संशोधन र बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएको आरोप लगाइएको छ।
  • ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गर्दै कैद, जरिवाना र बिगो असुलको माग दाबी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगर भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

अख्तियारले तत्कालीन नगर प्रमुख शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, इन्जिनियर पारस खाती, सब-इन्जिनियर गणेश राज रेग्मी लगायतलाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि बोलपत्रका सर्तहरू बदनियतपूर्वक संशोधन गरी प्रतिस्पर्धा सीमित पारेको र बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएको आरोप छ।

अख्तियारले उनीहरूविरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद, जरिवाना र बिगो असुलको माग दाबी गरेको छ।

यो समाचारमा

बुढीगंगा नगरपालिकाकाठमाडौँबाजुराअख्तियार दुरुपयोग अनुसन्धान आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौँ।कुमारी बैंक लिमिटेडले बाजुराको गौमूल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा

    Data is loading...

    Loading brands...

    Loading footer...