धनुषा घटनाको विरोधमा वीरगन्जमा उग्र प्रदर्शन, प्रहरीद्वारा ५ राउन्ड अश्रु ग्यास प्रहार

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

26
Share
Featured
  • धनुषाको मस्जिद तोडफोडको विरोधमा वीरगन्जमा मुस्लिम समुदायको उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच झडप।
  • अश्रु ग्यास प्रहार, ढुङ्गामुढा र सडक अवरुद्ध; सामुदायिक प्रहरी बिटमा क्षति।
  • २ प्रहरी घाइते, एक प्रदर्शनकारी नियन्त्रणपछि रिहा; अहिले अवस्था सामान्य र सुरक्षा कडा।
समाचार सारांशGenerated using AI.


धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा को वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो ।

वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका थिए । सो क्रममा छपकैयास्थित सामुदायिक प्रहरी बिटको झ्याल र बोर्डमा क्षति पुगेको छ । प्रदर्शनकारीहरूले वीरगन्जको छपकैया, इदगाह चोक, घण्टाघर र मुड्ली लगायतका मुख्य स्थानहरूमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए ।

दुई प्रहरी घाइते, एक जना नियन्त्रणमा झडपका क्रममा ढुङ्गा लागेर २ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि, स्थिति सहज बनाउन उनीहरुलाई पछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले हाल वीरगन्जको अवस्था सामान्य रहेको जानकारी दिए । ‘अहिले अवस्था नियन्त्रणमा छ,’ प्रवक्ता कार्कीले भने, ‘हामीले नियन्त्रणमा लिएका एक जना प्रदर्शनकारीलाई छाडिसकेका छौँ । अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ र आवश्यक स्थानमा प्रहरी परिचालन गरिएको छ ।’ अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।

यो समाचारमा

काठमाडौँधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...