खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो : अध्यक्ष वली

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

21
Share
Featured

काठमाडौँ

राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताएका छन् ।

हालै दाङको प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति विरोध समेत जनाए ।

संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष ओली प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले उपभोक्ताले सहज रुपमा खानेपानी उपलब्ध गराइनुपर्ने बताए ।

बिष्टले गाउँपालिकाले गरिब तथा विपन्न जनतालाई धारा जडान गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने नीति लिएको जानकारी गराए । उनले खानेपानी क्षेत्रको जिम्मेवारी उपभोक्ता समितिले लिएकोमा प्रशंसा गर्दै सरसफाइ क्षेत्रमा समेत समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज ज्ञवालीले गरेका थिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...