सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

40
Share
Featured

काठमाडौँ

सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

खोक्सी निवासी मोटरसाइकल चालक मो. नदिमको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल दुई टुक्रा भएको थियो भने स्कार्पियो सडकमै उतानो परेको थियो ।

दुर्घटनामा संलग्न स्कार्पियोको नम्बर बा प्रदेश–०१–०२७ ब ००८२ र मोटरसाइकलको नम्बर स ६ प ८६१ रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

बरियारपट्टी गाउँपालिकाकाठमाडौँसिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...