राजपुर नगरपालिकामा स्वचालित साइरनः विपद्को पूर्वसूचना अब छिटो पाइने

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

31
Share
Featured
  • राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक स्वचालित साइरन प्रणाली जडान गरेको छ।
  • बाढी, आगलागी, चट्याङ र जनावर आक्रमणका लागि फरक–फरक साइरन कोड तय गरिएको छ।
  • रेन परियोजनाको सहयोगमा जडान भएको यो प्रणालीले समयमै सूचना दिई धनजनको क्षति कम गर्ने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटको राजपुर फरहदवा नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ ।

रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ ।बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ ।

नगरपालिकाले मेसेज बक्स, फोन डायल वा एस.एम.एस. मार्फत तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि मिलाएको छ । ‘एक नम्बर, एक आवाज—सयौंको सुरक्षा’ भन्ने नाराका साथ आकस्मिक सूचना प्रवाह गरी धनजनको क्षति कम गर्ने लक्ष्य राखिएको छ ।प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार, रेन परियोजनाको सहयोगमा जडान गरिएको यस प्रणालीबारे नागरिकलाई बुझाउन र नियमित परीक्षण गर्न नगरपालिका प्रतिबद्ध छ ।

नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिका विपद्को दृष्टिकोणले जोखिमयुक्त क्षेत्र भएकाले यो प्रणाली जीवन बचाउन प्रभावकारी हुने बताए । आधुनिक स्वचालित साइरन सेट जडान गरेपछि विपद् जोखिम न्यूनीकरण हुने पालिकाको अपेक्षा छ ।

यो समाचारमा

रौतहटराजपुर फरहदवा नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...