तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

29
Share
Featured
  • मकवानपुरमा विशेष अभियानबाट तीन महिनामा ८५ वटा गाई–गोरु, ६ सवारी साधन र १० जना व्यक्ति नियन्त्रणमा लिइएका छन्।
  • ६ वटा कारबाहीमध्ये ३ घटनामा मुद्दा दर्ता र बाँकीमा जरिवाना कारबाही गरिएको छ।
  • एसपी सुवासचन्द्र बोहोराको नेतृत्वमा गाई–गोरु तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (गाई–गोरु) नियन्त्रणमा लिइएका छन् ।

प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई–गोरुसहित व्यक्ति र सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरी अभिलेखअनुसार पहिलो कारबाही २०८२ साल असोज ३० गते गरिएको थियो। उक्त दिन ७ वटा गाई–गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि कात्तिक १३ गते २५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा परेका थिए। कात्तिक १९ गते पुनः २२ वटा गाई–गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइयो ।

यसैगरी पुस १३ गते ५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति, पुस १४ गते फेरि ५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति तथा पुस १७ गते २१ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माथि उल्लेखित ६ वटा कारबाहीमध्ये पहिलो, दोस्रो र तेस्रो घटनामा तीनवटा मुद्दा दर्ता गरिएको छ । बाँकी घटनामा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार जरिवाना स्वरूप कारबाही गरिएको छ । नियन्त्रणमा लिइएका गाई–गोरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पशु सेवा कार्यालय, हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०८०÷८१ मा एक वर्षको अवधिमा गाई–गोरु तस्करीसम्बन्धी जम्मा दुईवटा मात्र मुद्दा दर्ता भएको थियो। त्यस समयमा १५ वटा गाई, २२ वटा गोरु, पाँच जना व्यक्ति र दुईवटा सवारी साधन नियन्त्रणमा लिइएको तथ्यांक प्रहरीसँग छ। तर एसपी सुवासचन्द्र बोहोराले जिम्मेवारी सम्हालेयता मकवानपुरमा गाई–गोरु तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको प्रहरीको भनाइ छ।

एसपी बोहोराले गाई–गोरु तस्करीलाई गम्भीर र संवेदनशील अपराधको रूपमा लिँदै नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताएका छन्। उनका अनुसार नेपालबाट भारत हुँदै बंगलादेशतर्फ गाई–गोरु तस्करी हुने क्रम लामो समयदेखि रहँदै आएको भए पनि पछिल्लो समय निगरानी कडा पारिँदा तस्करहरू नियन्त्रणमा पर्न थालेका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आगामी दिनमा अझ प्रभावकारी निगरानी, नियमित चेकजाँच र कडा कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

यो समाचारमा

नेपालमकवानपुरकाठमाडौँबंगलादेश
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...