बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं नागरिक सहभागी

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

60
Share
Featured
  • अन्त्येष्टि कार्यक्रम: खालिदा जियाको नमाज–ए–जानाजा बंगलादेशको राष्ट्रिय संसद भवनमा आयोजित भयो र उनलाई पति जियाउर रहमानको छेउमा दफन गरिएको छ।
  • कार्यक्रम व्यवस्थापन: बीएनपीका सदस्य नज्रुल इस्लाम खानले व्यवस्थापन गरेका थिए, र परिवारले विदेशी तथा राष्ट्रिय अतिथिहरूको उपस्थितिको लागि धन्यवाद दिए।
  • अन्तर्राष्ट्रिय सहभागिता: भारतका परराष्ट्र मन्त्री एस. जयशंकर र दक्षिण एशियाका अन्य प्रतिनिधिहरू समारोहमा सहभागी भए, जसले द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको नमाज–ए–जानाजा आयोजना गरेको छ । बंगलादेशको राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं नागरिक सहभागी भएका थिए र उनले आफ्ना प्रिय नेताको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बेगम खालिदाको अन्त्येष्टि नमाज बैतुल मुक्करम राष्ट्रिय मस्जिदका खतीबले सम्पन्न गराएका थिए भने बंगलादेश राष्ट्रिय जनता पार्टी (बीएनपी)का स्थायी समितिका सदस्य नज्रुल इस्लाम खानले कार्यक्रमको व्यवस्थापन गरेका थिए। नमाज–ए–जानाजापछि खालिदा जियालाई उनका पति, पूर्व राष्ट्रपति जियाउर रहमानको छेउमा, ढाकाको शेर–ए–बंगल नगरमा दफन गरिएको छ ।

बंगलादेशको प्रधानमन्त्री रहिसक्नुभएकी आमाको निधनमा राष्ट्रिय शोकको समयमा उहाँका छोराले विदेशबाट आएका वरिष्ठ अतिथिहरूको उपस्थितिको लागि धन्यवाद व्यक्त गर्दै भने, “म परराष्ट्र मन्त्रालयका अधिकारी र कर्मचारीप्रति आभारी छु, जसका विचारशील प्रयासहरूले विदेशका वरिष्ठ प्रतिनिधिहरूलाई व्यक्तिगत रूपमा मेरो आमाप्रति श्रद्धाञ्जली अर्पण गर्ने अवसर सुनिश्चित ग¥यो । यसले मेरो आमाप्रति सीमाना भन्दा पर पनि गहिरो सम्मान रहेको देखाउँछ ।”

साथै उनले अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुस र उनका क्याबिनेट सदस्यहरूलाई पनि धन्यवाद दिनुभयो । “म प्रमुख सल्लाहकार प्रा. मुहम्मद युनुस र उनका क्याबिनेट सदस्यहरूलाई व्यक्तिगत रूपमा उपस्थित रहनु भएकोमा र राष्ट्रिय शोकको समयमा स्थिरता र माया देखाउँदै दिनको मार्गदर्शन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने ।

यसैबीच, भारतका परराष्ट्र मन्त्री एस. जयशंकर पनि ढाकामा आयोजित खालिदा जियाको अन्त्येष्टि कार्यक्रममा सहभागी भएका थिए । बंगलादेशका भारत उच्चायुक्त रियाज हामिदुल्लाहले बुधबार ट्वीट गर्दै लेखे, “डाक्टर एस. जयशंकरको चार घण्टे दौडधूपपूर्ण भ्रमणपछि, बंगलादेश र भारतले साझा चासो र व्यावहारिकतालाई अघि बढाउँदै सम्बन्धमा नयाँ अध्याय लेख्ने अपेक्षा राखेका छन् । यो विषय आज अपराह्न बीएनपीका कार्यवाहक अध्यक्ष रहमतुल्लाहसँग छोटो छलफलमा पनि उठ्यो ।”

राजनीतिक र क्षेत्रीय ध्यानाकर्षणको केन्द्र बनेको यस राज्य अन्त्येष्टि कार्यक्रममा दक्षिण एशियाका विभिन्न देशका उच्च प्रतिनिधिहरू पनि उपस्थित थिए ।

यो समाचारमा

भारतकाठमाडौँबंगलादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...