युवराज सफल द्वारा ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

47
Share
Featured

काठमाडौँ

सामाजिक अभियन्ता युवराज सफलले आज ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन गरेका छन् ।

बुधबार ललित कला प्रज्ञा प्रतिष्ठान केन्द्र अगाडी प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध अभियन्ता युवराज सफलले भण्डाफोर कार्यक्रम गरेका हुन् । उनले प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन लुम्बिनी प्रदेशसँग सम्झौता गरेको जानकारी दिँदै ललितकला प्रतिष्ठान आफूपनि ठेकेदार भएको बताए ।

‘ललित कला प्रज्ञा प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन पर्ने त्यसका लागि कुल १ करोड ३६ लाख बराबरको लागत अनुमान गरिएको छ । यो कार्य लुम्बिनी प्रदेश सरकार र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानबीचको सम्झौता र सहकार्यबाट अघि बढ्दैछ । यहाँ सयौँ, हजारौँ मूर्तिकारहरु नेपालमा छन् । मूर्ति बनाएर नै आफ्नो जीवन चलाउने मान्छेहरु यहाँ हुनुहुन्छ । तर यहाँ मान्छे हुँदा हुँदै यो ललितकला प्रतिष्ठान आफूपनि ठेकेदार भएछ । यसले ठेकेदारीको काम गर्न कहिलेदेखि सुरु गर्र्यो,’ उनले भने ।

विरोध सभा कार्यक्रममा ललितकला प्रतिष्ठानले आयातित मुर्तिहरू पुर्ण रूपले बन्द गर्नुपर्ने र नेपाली मूर्तिलाई निर्यात गर्ने वातावरण सिर्जना गरिनु पर्ने, नेपाल ललितकला कलाकर्मीको श्रमिकको दर रेट कायम गर्नुपर्ने, बार्षिक ललितकला प्रदर्शनी गर्दै गर्दा मर्यादित तवरले कामको मुल्याङ्कनको आधारमा पुरस्कृत गरिनुपर्ने लगायत मागहरु राखेका छन् ।

यो समाचारमा

काठमाडौँलुम्बिनी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...