सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

19
Share
Featured
  • सालपा विकास बैंकले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको छ।
  • कुल शेयरमध्ये ५% सामूहिक लगानी कोष र ०.५०% कर्मचारीका लागि छुट्याई बाँकीमा सर्वसाधारणले न्यूनतम १० र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
  • आवेदन आस्बा सदस्य बैंक, शाखा तथा ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ; आईपीओ पुस २० देखि पुस ३० गतेसम्म खुला रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो ।

कुल निष्कासित शेयर मध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म खुला रहनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

यसअघि बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कुल स्वीकृत शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भइसकेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...