पूर्वप्रधानमन्त्री जियाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा ढाका प्रस्थान

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

26
Share
Featured
  • परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन आज ढाकाका लागि प्रस्थान गरेका छन्।
  • मन्त्री शर्माले वरिष्ठ अधिकारीहरू सहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्त्येष्टिमा सहभागी हुनेछन् र पुस १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
  • परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पूर्वप्रधानमन्त्री जियाको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन आज ढाका प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री शर्मा त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी अन्त्येष्टिमा सहभागी भई यही पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

नेपाल-बंगलादेश सम्बन्ध सुदृढीकरणमा पूर्वप्रधानमन्त्री जियाले पुर्‍याएको योगदानलाई नेपालले उच्च सम्मानका साथ स्मरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचारमा

बंगलादेशपरराष्ट्र मन्त्रालयढाकानेपाल
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...