तमु ल्होसारले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस् : पूर्णबहादुर खड्का

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

28
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत खड्काले तमु ल्होसारले तमु जातिको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्ने उल्लेख गरेका छन् । उनले ल्होसारलाई तमु समुदायको नयाँ वर्षका रूपमा मनाइने ऐतिहासिक र सांस्कृतिक पर्व भएको बताएका छन् ।

कार्यवाहक सभापति खड्काका अनुसार तमु ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना मजबुत बनाउँदै आएको छ । यस्तो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।

शुभकामना सन्देशमा उनले तमु ल्होसारले सबै नेपालीलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

यो समाचारमा

नेपाली काँग्रेसपूर्ण बहादुर खड्काकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...