आगामी मे २७ मा काठमाडौंमा एभरेस्ट समिटियर्स समिट आयोजना हुने

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

15
Share
Featured
  • एभरेस्ट एलायन्स नेपालले “दिगो भविष्यको लागि हिमालयी नवप्रवर्तन” नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा आयोजना गर्ने घोषणा गरेको छ।
  • समिटले सगरमाथा आरोहण, आरोही सुरक्षा, हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो पर्यटनका विषयमा उच्चस्तरीय संवादको मंच प्रदान गर्नेछ।
  • कार्यक्रममा विश्वभरका आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण विज्ञ, पर्यटन व्यवसायी र अन्तर्राष्ट्रिय साझेदारको सहभागिता रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एभरेस्ट एलायन्स नेपालले ‘दिगो भविष्यको लागि हिमालयी नवप्रवर्तन’ भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एभरेस्ट एलायन्स नेपालले समिट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आगामी सन् २०२६ मे २७ गते जानकारी दिएको हो ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथाको ऐतिहासिक पहिलो सफल आरोहणको स्मरणस्वरूप आयोजना हुने यस समिटमा नेपालसहित विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, हिमाली वातावरण संरक्षण तथा दिगो पर्यटनका विषयमा उच्चस्तरीय संवादको मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

यसअघि सन् २०२५ मा ‘महापुरुषहरूको सम्मान गर्दै, भविष्यलाई प्रेरणा दिँदै’ भन्ने नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक प्रभावशाली र ऐतिहासिक आयोजनाका रूपमा स्थापित भएको थियो ।

उक्त समिटमा विश्वभरका सगरमाथा आरोही, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्था, संरक्षण विज्ञ, पर्यटन क्षेत्रका सरोकारवाला तथा सञ्चार माध्यमको उल्लेखनीय सहभागिता रहेको थियो ।

पहिलो संस्करणले नीतिगत संवाद, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण तथा विश्वव्यापी पर्वतीय संरक्षणमा नेपालको नेतृत्वलाई थप मजबुत बनाएको आयोजकको दाबी छ । यही सफलताको आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र दूरदर्शी रूपमा आयोजना गर्न लागिएको एभरेस्ट एलायन्स नेपालले जनाएको छ ।

एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणात्मक कार्यक्रम मात्र नभई सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिनेछ ।

एकदिने यस समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल तथा नीतिगत संवाद समावेश हुनेछन् । हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरूको सुरक्षा, अभियान सञ्चालनमा देखिने चुनौती तथा आवश्यक नीतिगत सुधारजस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त विषयमा छलफल हुने आयोजकले जनाएको छ । साथै सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको सामूहिक संरक्षणको आवश्यकता पनि पुनः पुष्टि गरिनेछ ।

समिटका सत्रहरू सगरमाथा आरोही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन् । आयोजकका अनुसार समिट मानव सहनशीलता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ, शैक्षिक संस्था, प्रायोजक, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई हिमालयको दिगो भविष्यका लागि समिट सफल बनाउन सहकार्यको आह्वान गरेको छ ।

साथै, समिटमा सहभागिताका लागि विश्वभरका सगरमाथा आरोही तथा इच्छुक सहभागीहरूका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको जानकारी पनि दिएको छ ।

एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशेवरहरूको राष्ट्रिय सामूहिक मञ्च हो । संस्थाले सगरमाथाको विरासत संरक्षण, आरोही सुरक्षा, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास तथा विश्वव्यापी पर्वतारोहण र हिमाली संरक्षणमा नेपालको नेतृत्व सुदृढीकरणका लागि निरन्तर काम गर्दै आएको जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...