उमाकुण्ड प्रीतिका किसान सुन्तला खेतीबाट मालामाल

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

18
Share
Featured
  • रामेछापको उमाकुण्ड–४ र ५ का किसानहरू दीर्घकालीन आम्दानी दिने व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।
  • गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरी बिरुवा, प्राविधिक सहयोग र बजारीकरणमा सहयोग गरिरहेको छ।
  • किसानहरूले सुन्तला खेतीबाट सिजनमै २–५ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको उमाकुण्डा गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।

अन्य खेती गर्ने मानिसहरू गाउँमा कम हुँदै जाँदा एक पटक लगाएपछि वर्षाै आम्दानी दिने सुन्तला खेतीतर्फ किसानहरू लागेका हुने । विज्ञहरूका अनुसार एक पटक लगाएको सुन्तलाको बिरुवाले ५० वर्षसम्म राम्रो फल दिन्छ ।

किसानलाई सुन्तला खेतीमा आकर्षित गर्न उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका ४ र ५ नं वडालाई पकेट क्षेत्र घोषणा गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार वाग्मती प्रदेश सरकार र उमाकुण्ड गाउँपालिकाको आयोजनामा ती वडामा पकेट कार्यक्रम सञ्चालन गरिएको हो ।

जस अन्तर्गत किसानलाई बिरुवा, विषादी तथा प्राविधिक सहयोग हुने गरेको छ । आवश्यक परे बजारीकरणको लागि समेत गाउँपालिकाले सहयोग गर्ने उनले बताइन् ।

अहिले किसानले उत्पादन गरेको सुन्तला बगैँचामा नै पुगेर व्यापारीहरूले किन्ने गरेको उनले जानकारी दिइन् । स्थानीय हाटबजारमा पनि किसानको उत्पादन विक्री हुने गरेको छ ।

पकेट कार्यक्रम सुरु भएपछि किसानहरू बँगैचा विस्तारमा लागेका छन् । किसानले एउटा सिजनमा सुन्तला बेचेर २ देखि ५ लाख रुपैयाँसम्म वार्षिक कमाउने गरेका छन् ।

अझ बजार व्यवस्थापन हुने हो भने राम्रो आम्दानी हुने स्थानीय किसान नेत्रमाया सुनुवार बताउँछिन् । आफ्नो चार रोपनी बगैँचाबाट वार्षिक दुई लाख रुपैँया आम्दानी हुने सुनुवारले बताइन् ।

जग्गा बाझिँदै गएको अवस्थामा फलफूल खेतीमा किसानको आकर्षणले आम्दानीको नयाँ बाटो खुलेको छ ।

यो समाचारमा

काठमाडौँरामेछापउमाकुण्डा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...