रिलायन्स स्पिनिङको आईपीओमा ३३ गुणा बढी आवेदन

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

17
Share
Featured
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणबाट मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ।
  • ९.२४ लाख कित्ता सेयरका लागि करिब २५ अर्ब रुपैयाँभन्दा बढीको माग भएको छ।
  • गोलाप्रथाबाट १८,४९५ जनाले ५० कित्ताका दरले सेयर पाउनेछन्, करिब ३२ जनामध्ये १ जनालाई मात्र सेयर पर्ने अवस्था छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) मा सर्वसाधारणबाट मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि खुला गरिएको ९ लाख २४ हजार ७६८ कित्ता सेयरका लागि ५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको माग भएको हो ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल २५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको सेयर माग भएको छ ।

मागभन्दा अत्यधिक धेरै आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । जसअनुसार, १८ हजार ४९५ जनाले ५०/५० कित्ताका दरले सेयर पाउनेछन् । आवेदक संख्याको आधारमा आईपीओ भर्ने हरेक ३२ जनामध्ये एक जनालाई मात्र सेयर पर्ने देखिएको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्से परिसूचकमा सामान्य गिरावट आउँदा १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ अंकले ओरालो २०६.६८ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले ओरालो लागेर ४५३.६० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१५ अंकले १७८.५२

    Data is loading...

    Loading brands...

    Loading footer...