रामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

16
Share
Featured
  • रामेछापका ग्रामीण क्षेत्रमा सुगर र उच्च रक्तचापजस्ता नसर्ने रोग तीव्र रूपमा बढ्दै गएका छन्।
  • रोग देखिन्छ भन्ने डरले नियमित स्वास्थ्य जाँचप्रति स्थानीयको चासो कम छ।
  • चिकित्सालयले घरदैलो परीक्षण र जीवनशैली सुधारसम्बन्धी सचेतना अभियान सञ्चालन गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्थ्य संकटका रूपमा फैलिँदै गएका छन् । तर, रोग पहिचानका लागि नियमित जाँचप्रति स्थानीयको चासो न्यून देखिएको छ ।

जिल्लाका ग्रामीण भेगमा सुगर र उच्च रक्तचाप (प्रेसर) का बिरामी उल्लेख्य रूपमा बढ्दै गएका छन् । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुरु गरेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा अपेक्षा गरेभन्दा धेरै नागरिकमा यस्ता रोग देखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए ।

‘घरदैलो परीक्षण गर्दा अकल्पनीय संख्यामा सुगर र प्रेसरका समस्या भेटिएका छन्,’ कार्कीले भने, ‘तर जाँच गरेपछि रोग देखिन्छ भन्ने डरले जाँच नै नगर्ने प्रवृत्ति अझै पनि ठूलो चुनौती बनेको छ ।’

उनका अनुसार खानपान र जीवनशैलीमा आएको परिवर्तन नसर्ने रोग बढ्नुको मुख्य कारण हो । स्वास्थ्यकर खानाभन्दा स्वादिला र प्रशोधित खानेकुरामा बढ्दो आकर्षण, चामल र चिनीको अत्यधिक प्रयोग, बहुराष्ट्रिय कम्पनीका पेयपदार्थ, मदिरा सेवन तथा शारीरिक व्यायामको अभावले ग्रामीण क्षेत्रमा समेत नसर्ने रोग तीव्र गतिमा बढ्दै गएको छ ।

चिकित्सालयले बस्ती–बस्तीमा पुगेर सुगर र प्रेसर परीक्षण गर्नुका साथै समस्या देखिएका बिरामीलाई उपचारका लागि चिकित्सालयमा सम्पर्क गर्न आग्रह गर्दै आएको छ । घरदैलो अभियानमा स्वास्थ्य जाँचसँगै जीवनशैली सुधार र खानपानसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको कार्कीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूका अनुसार नियमित परीक्षण र जीवनशैली सुधारलाई प्राथमिकता नदिने हो भने ग्रामीण क्षेत्रमा नसर्ने रोग आगामी दिनमा अझ गम्भीर चुनौती बन्न सक्ने देखिएको छ । चिकित्सालयले यस्ता अभियानले नसर्ने रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको छ ।

यो समाचारमा

काठमाडौँरामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...