१० वटा घडियाल गोही प्राकृृतिक बासस्थानमा छाडियो

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

21
Share
Featured
  • बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीमा १० वटा घडियाल गोहीका बच्चा प्राकृतिक बासस्थानमा छाडेको छ।
  • प्रजनन केन्द्रमा हुर्किएका ४ वर्षे ५ भाले र ५ पोथी गोही नदीमा पुनःस्थापना गरिएको हो।
  • निकुञ्जमा अझै करिब २०० गोहीका बच्चा हुर्किरहेका छन् र घडियाल गोही संरक्षित वन्यजन्तुमा पर्दछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीको परेवा ओडारमा फेरी १० ओटा घडियाल गोहीका बच्चा बबई नदीमा छाडेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माको उपस्थितीमा बबई नदीमा १० ओटा गोहीका बच्चा प्राकृतिक बासस्थानमा छाडिएको हो ।

निकुञ्जको हाताभित्र हुर्किएका ४ वर्ष उमेरका ५ ओटा भाले र ५ ओटा पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम र जबरजंग गणका निमित्त गणपति मुकुन्द न्यौपानेलगायत निकुञ्जका कर्मचारीहरू गोहीको बच्चा छाड्ने कार्यक्रममा सहभागी भएका थिए ।

गत असोज ३० गतेपनि गोही प्रजनन् केन्द्रमा हुर्किएका पाँच भाले र पाँच पोथी गरी १० ओटा घडियाल गोही निकुञ्ज भित्र रहेको खौराहा खोलामा छोडिएको थियो । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले अझैपनि करिब दुई सय गोहीका बच्चा प्रजनन् केन्द्रमा हुर्किरहेको बतााए । ०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा ०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो ।

०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० र खौराहा खोलामा १० गरी जम्मा ३३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो । प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन् ।

घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी शिकार नियन्त्रण गर्ने खालका कामहरू भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको थियो ।

यो समाचारमा

काठमाडौँबर्दिया राष्ट्रिय निकुञ्जबाँके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...