कृषि र पर्यटन जोड्ने ‘सुन्तला–हाइकिङ’ काभ्रेपलाञ्चोकमा पुनः सुरु

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

10
Share
Featured
  • काभ्रेपलाञ्चोकमा कृषि र पर्यटन जोड्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सुरु हुँदैछ।
  • कार्यक्रमबाट किसान, होटल व्यवसायी र पर्यटन सेवाप्रदायकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
  • नमोबुद्ध–बल्थली रुटमा पदयात्रा गर्दै सुन्तलाबगैँचा अवलोकन र ताजा सुन्तला चाख्न पाइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काभ्रेपलाञ्चोकमा कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको छ ।

सुन्तलाखेतीको प्रचुर सम्भावना रहेको काभ्रेपलाञ्चोकमा एग्रोटुरिजम प्रवद्र्धन गर्ने प्रयासस्वरूप कार्यक्रम पुनः सञ्चालन गरिएको हो ।

होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजनामा तथा धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो । यसमा नेपाल युवा उद्यमी मञ्च, काभ्रेपलाञ्चोक र रोटरी क्लब अफ धुलिखेलको सहकार्य रहनेछ ।

कार्यक्रममार्फत स्थानीय किसान, होटल व्यवसायी र पर्यटन सेवाप्रदायकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । सुन्तला सिजनमा पदयात्रा आयोजना गर्दा कृषि उत्पादनको बजारीकरणसँगै ग्रामीण पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ ।

यसअघि करिब १५ वर्षअघि नमोबुद्ध–बल्थली क्षेत्रमा यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको भए पनि निरन्तरता पाउन सकेको थिएन । हान काभ्रेपलाञ्चोक च्याप्टरका अध्यक्ष प्रह्लाद प्याकुरेलले कृषि र पर्यटनलाई जोडेर जिल्लालाई फरक पहिचान दिने उद्देश्यसहित कार्यक्रम पुनः सञ्चालनमा ल्याउन लागिएको बताए ।

उनका अनुसार जिल्लामा सुन्तलाखेतीको राम्रो सम्भावना रहेकाले यही सिजनलाई लक्षित गर्दै नयाँ स्वरूपमा कार्यक्रम सञ्चालन गरिनेछ । क्रिसमसको अवसर पारेर बिहीबारदेखि कार्यक्रम औपचारिक रूपमा सुरु गरिने जानकारी उनले दिए ।

कार्यक्रमअन्तर्गत नमोबुद्धदेखि बल्थलीसम्म पदयात्रा ‘रुट’ तय गरिएको छ । पदयात्रीहरूले सुन्तलाले भरिएका बगैँचाबीच यात्रा गर्दै प्राकृतिक दृश्यावलोकन गर्नेछन् । साथै स्थानीय किसानका बगैँचाबाटै ताजा सुन्तला चाख्ने अवसरसमेत पाउनेछन् ।

यो समाचारमा

धुलिखेल नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...