बांगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोली विरोध र्याली निकालिने

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

20
Share
Featured

काठमाडौँ

बंगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ।

जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको छ ।

समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरेका छन् ।

उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।

उनले दिपु दासको हत्यामा संलग्न सबैजनालाई दिपु दासको हत्या गरे जस्तै बीच चौराहामा लगेर फाँसी लगाई जलाउनु पर्ने माग राखेका छन् ।

उनले दोषीलाई कारबाही गर्न नेपालबाट कुटनीतिक दबाब सृजना गर्न भोली विरोध र्याली गर्न लागेको जानकारी दिए ।

अध्यक्ष दासले दिपु दासको आत्माको चिर शान्तिका लागि भोली जानकी मन्दिरको प्राङ्गनमा श्रद्धाञ्जली अर्पण पनि गर्ने बताए ।

यो समाचारमा

काठमाडौँबंगलादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...