निर्वाचन लोकतन्त्रको रक्षाका लागि अपरिहार्य छ-गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

19
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र शासन व्यवस्थाको वैधानिकताका लागि निर्वाचन अपरिहार्य भएको र तोकिएकै मितिमा स्वच्छ निर्वाचन गराउने सरकार दृढ रहेको बताए।
  • ‘जेनजी’ आन्दोलनबाट सुशासन नहुँदा विद्रोह हुने सन्देश मिलेको उल्लेख गर्दै युवा पुस्ताका माग बेवास्ता गर्न नहुने धारणा व्यक्त गरे।
  • मुख्यमन्त्री यामलाल कँडेलले भने निर्वाचनका लागि अझै पूर्ण राजनीतिक वातावरण नबनेको भन्दै दलहरूलाई बेवास्ता गरेर चुनावमा जान चुनौतीपूर्ण हुने बताए।
समाचार सारांशGenerated using AI.

गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्रको रक्षा र शासन व्यवस्थालाई वैधानिकता दिन निर्वाचन अपरिहार्य रहेको बताएका छन् । बुधबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न दृढ रहेको बताए ।

'जेनजी' आन्दोलनको स्मरण गर्दै मन्त्री अर्यालले सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने कुरा पुष्टि भएको बताए । "अब युवा पुस्तालाई 'बाइपास' गरेर र उनीहरूका जायज मागलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन," उनले भने ।

उनले आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले मात्र बलियोसँग काम गर्न सक्ने उल्लेख गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने निर्वाचनका लागि पूर्ण राजनीतिक वातावरण बनिनसकेको टिप्पणी गरे । उनले राजनीतिक दलहरूलाई नजरअन्दाज गरेर चुनावमा जान चुनौतीपूर्ण हुने बताए ।

गोष्ठीमा कर्णाली प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखहरूले जिल्लागत सुरक्षा चुनौतीबारे प्रस्तुतीकरण दिने कार्यक्रम छ । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलराष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति थियो ।

यो समाचारमा

नेपाल प्रहरीसशस्त्र प्रहरी बलकर्णाली प्रदेशराष्ट्रिय अनुसन्धान विभाग
ओमप्रकाश अर्याल7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...