नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एसएसपी लालबाबु गिरीविरुद्ध मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

14
Share
Featured
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एसएसपी लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • गिरीले प्रहरी सेवामा प्रवेश र बढुवाका लागि सन् १९८८ को भारत बिहार बोर्डको एसएलसी प्रमाणपत्र नक्कली पेस गरेको अख्तियारको दाबी छ।
  • सो प्रमाणपत्रका आधारमा उनले उच्च शिक्षा हासिल गरी २०५२ सालमा प्रहरी नायब निरीक्षक पदमा नियुक्ति भई एसएसपीसम्म बढुवा पाएको आरोपपत्रमा उल्लेख छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी गिरीले प्रहरी सेवामा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार, गिरीले सन् १९८८ मा भारतको बिहार बोर्डबाट एसएलसी उत्तीर्ण गरेको भनी पेस गरेको प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली पाइएको हो । सोही नक्कली प्रमाणपत्रका आधारमा उनले नेपालमा उच्च शिक्षा हासिल गरेको र २०५२ सालमा प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति भई बढुवा हुँदै एसएसपीसम्म पुगेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यो समाचारमा

नेपाल प्रहरीअख्तियार दुरुपयोग अनुसन्धान आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...