सरकार गठनको सय दिनपछि प्रधानमन्त्री र शीर्ष नेताबीच संवादहीनता तोडियो

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

18
Share
Featured
  • सरकार गठन भएको सय दिनपछि प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्ष नेताबीच पहिलोपटक औपचारिक संवाद भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा भएको छलफलमा देउवा, ओली र प्रचण्ड सहभागी थिए।
  • संवादहीनता टुटेसँगै निर्वाचनलगायत महत्वपूर्ण राजनीतिक विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकार गठन भएको सय दिनपछि प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीचको संवादहीनता तोडिएको छ । 'जेनजी' आन्दोलनपछि कार्की नेतृत्वमा सरकार गठन भएयता पहिलोपटक उनीहरूबीच औपचारिक छलफल भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहलमा मंगलबार शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेर बहादुर देउबा, एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

गत भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले त्यसलाई सदर गर्दै ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएका थिए । लामो समयदेखिको संवादहीनता तोडिएसँगै निर्वाचन लगायतका विषयमा राजनीतिक सहमति जुट्ने अपेक्षा गरिएको छ । राजधानी दैनिकबाट

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालरामचन्द्र पौडेलशेर बहादुर देउबा
सुशीला कार्की5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...