भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

13
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना स्थलगत अवलोकन गर्दै आयोजना प्रगति र अप्ठ्याराहरूको जानकारी लिए।
  • मन्त्री अर्यालले कानुनी चुनौतीहरू समाधान गर्न पहल गर्ने र बाँकी कार्य समयमै सम्पन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिएका छन्।
  • आयोजना हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ; सुरुङ निर्माण कार्य सकिए पनि इलेक्ट्रो–मेकेनिकल र हाइड्रो–मेकेनिकल कामहरू बाँकी रहेका कारण ढिलाइ भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भई आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा आफूले पहलकदमी लिने बताउनु हुँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।

राष्ट्रिय गौरवको आयोजना भए पनि यसको प्रगति र निर्माणका कार्य २०६७ सालदेखि सुन्दै आएकोले अव यस परियोजना छिट्टै सम्पन्न भए तराई र यस प्रदेश अन्तर्गतका जिल्लाका नागरिकले मात्रै नभई समग्र देशले आर्थिक, जलविद्युत र सिचाई क्षेत्रमा आमूल परिवर्तन देख्न र प्रत्यक्ष रूपमा महसुस गर्न पाउने मन्त्री अर्यालले बताए ।

आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले हालसम्ममा ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए । यस परियोजनाको हाल १२ किमी लामो सुरुङ निर्माण कार्य सकेर, अहिले इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल क्षेत्रका कामहरू बाँकी रहेकाले परियोजनाको काम ढिलो भइरहेको इन्जिनियर पाठकले बताए ।

यो समाचारमा

ओमप्रकाश अर्यालसुर्खेतकाठमाडौँकर्णाली प्रदेश
भेरीगंगा नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...