चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

18
Share
Featured
  • चीनको जिलिन प्रान्तको सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ।
  • परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने र पहिलो चरणबाट मात्रै ७ लाख ४० हजार टन कार्बन उत्सर्जन घट्ने अपेक्षा गरिएको छ।
  • सीइइसीद्वारा विकसित यस परियोजनाले हरित हाइड्रोजनमा आधारित रासायनिक उद्योग र ढुवानी क्षेत्रको कार्बन न्यूनीकरणमा नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ ।

यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बराबर हो । परियोजनाको पहिलो चरणले मात्र वार्षिक ७ लाख ४० हजार टन कार्बन उत्सर्जन घटाउने अनुमान गरिएको छ ।

चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन (सीइइसी) द्वारा विकास गरिएको यस परियोजनाले ठूलो मात्रामा हाइड्रोजन उत्पादन र हरित हाइड्रोजन, एमोनिया तथा मेथानोलको एकीकृत संश्लेषणमा महत्वपूर्ण प्राविधिक उपलब्धि हासिल गरेको बताइएको छ ।

कम्पनीका अध्यक्ष नी झेनले नयाँ ऊर्जाको उतार–चढावलाई रासायनिक पदार्थको स्थिर उत्पादनसँग सफलतापूर्वक जोड्न सकिएको उल्लेख गर्दै यसले देशभर हरित हाइड्रोजनमा आधारित रासायनिक उद्योगको विकासका लागि व्यवहारिक मार्ग प्रशस्त गरेको बताए ।

यसैबीच, सीएमबी.टेकका प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्डर सेभरीसले परियोजनालाई ढुवानी उद्योगको कार्बन उत्सर्जन घटाउने दिशामा ठूलो उपलब्धि भएको बताए । 

यो समाचारमा

चीनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...