काठमाडौँ ।
'जेनजी' अभियन्ता मिराज ढुंगाना समूहले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अनुमति बिना प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डा. निकोलस भुसाल लगायतका व्यक्तिहरू रहेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै प्रहरीले माइकिङ गरेर प्रदर्शन नगर्न आग्रह गरेको थियो । तर, ढुंगाना समूहले प्रदर्शन जारी राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र सर्वपक्षीय सरकार गठन लगायतका १० बुँदे माग राख्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई माइतीघरबाट हटाउने प्रयास जारी राखेको छ, जसका कारण त्यहाँको स्थिति तनावपूर्ण बनेको छ ।