दक्षिण अफ्रिकाको बारमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

15
Share
Featured
  • जोहानेसबर्ग नजिकैको बेकरसडलमा बारमा भएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
  • दुईवटा गाडीमा आएका बन्दुकधारीहरूले बारभित्र र सडकमा रहेका मानिसमाथि गोली चलाएका थिए, आक्रमणकारी फरार छन्।
  • दक्षिण अफ्रिकामा हत्या दर अत्यन्तै उच्च छ, जहाँ अप्रिल–सेप्टेम्बरबीच दैनिक औसत ६३ जनाको हत्या भएको तथ्याङ्क छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार, जोहानेसबर्ग नजिकैको बेकरसडलमा दुईवटा गाडीमा आएका आक्रमणकारीहरूले बारमा रहेका ग्राहकहरूमाथि गोली चलाएका थिए । घटनामा ७ पुरुष र २ महिलाको ज्यान गएको बीबीसीले जनाएको छ । बन्दुकधारीहरूले केही मानिसलाई सडकमा समेत गोली हानेर हत्या गरेको बताइएको छ ।

प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको छ । दक्षिण अफ्रिका विश्वमै सबैभन्दा बढी हत्या दर भएका देशहरूमध्ये एक मानिन्छ । प्रहरीको तथ्याङ्कअनुसार, यस वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्म त्यहाँ दैनिक औसतमा ६३ जनाको हत्या भएको छ ।

यस महिनाको सुरुमा पनि प्रिटोरिया नजिकै एक बच्चासहित ११ जनाको गोली हानी हत्या भएको थियो ।

यो समाचारमा

दक्षिण अफ्रिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...