परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

16
Share
Featured
  • मन्त्री सुधा गौतमले योग, ध्यान र आयुर्वेदलाई वैकल्पिक होइन, हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार पद्धति भएको बताइन्।
  • स्वास्थ्य मन्त्रालयले अब परम्परागत चिकित्सा पद्धतिलाई महत्वपूर्ण अंगका रूपमा अघि बढाएको र यसमा बजेट विनियोजन भइसकेको छ।
  • विश्व स्वास्थ्य संगठनले पनि आयुर्वेदलाई मूलधारको स्वास्थ्य सेवा प्रणालीमा समावेश गर्नुपर्ने बताइसकेको छ।
समाचार सारांशGenerated using AI.


स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘अहिले विश्वमा नै योग ध्यान आयुर्वेदलगायतका हाम्रा विभिन्न विधाहरु छन् । जसमा झारफुक, धामी–झाँक्रीजस्ता लगायतका जसलाई पहिला वैकल्पिक भन्थ्यौं । यी पद्धतिहरू वैकल्पिक होइनन्, हजारौँ वर्षदेखि चलिआएका मूलधारका विषयहरू हुन् । त्यसैले अहिले हामी यसलाई परम्परागत चिकित्सा पद्धति भन्छौं ।’

यसअघि परम्परागत चिकित्सा पद्धतिको स्पष्ट नेतृत्व कुनै मन्त्रालयले नगरेको अवस्थामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई महत्वपूर्ण अंगका रूपमा अघि बढाएको मन्त्री गौतमको भनाइ थियो ।

मन्त्री गौतमका अनुसार परम्परागत चिकित्सा पद्धतिमा बजेट विनियोजन भइसकेको छ र हजारौँ स्वास्थ्यकर्मीहरू यस क्षेत्रमा कार्यरत छन् । साथै, देशभर सयौँको संख्यामा परम्परागत चिकित्सा सेवा प्रदान गर्ने चिकित्सालयहरू सञ्चालनमा रहेका छन् ।

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि आयुर्वेदलाई मूलधारको स्वास्थ्य सेवा प्रणालीमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइसकेको जानकारी दिइन् ।

उनले भनिन्, ‘परम्परागत चिकित्सा पद्धतिमा बजेट विनियोजन भएको छ । हजारौं हाम्रा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सयौंको संख्यामा हाम्रा चिकित्सालयहरु छन् । अहिले विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई मूलधारको स्वास्थ्य सेवा प्रणालीमा ल्याउनुपर्छ भनेर भनिसकेको छ ।’

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...