पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

21
Share
Featured


मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।

सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिनेछ।

त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...