रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दै, रिहाइपछिको पहिलो राजनीतिक कार्यक्रम

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

13
Share
Featured
  • रास्वपा सभापति रवि लामिछानेले धरौटीमा रिहा भएपछि पहिलोपटक आज चितवनमा सार्वजनिक राजनीतिक सम्बोधन गर्दैछन्।
  • उनी बिहान ११ बजे भरतपुरको चौबीसकोठीमा हुने कार्यक्रममा बोल्नेछन्, जसलाई कार्यकर्ता र समर्थकले चासोका साथ हेरेका छन्।
  • सम्बोधनपछि उनी आजै दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्कने कार्यक्रम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) चितवनमा राजनीतिक सम्बोधन गर्दैछन् । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएपछि उनले पहिलोपटक सार्वजनिक सभालाई सम्बोधन गर्न लागेका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आज बिहान ११ बजे भरतपुरको चौबीसकोठीमा आयोजना हुने कार्यक्रममा बोल्ने तय भएको छ । उनको सम्बोधनलाई रास्वपाका कार्यकर्ता तथा समर्थकहरूले निकै चासोका साथ हेरेका छन् ।

थुनामुक्त भएपछि आफ्नो राजनीतिक भविष्य र पार्टीको आगामी कदमबारे उनले के बोल्छन् भन्ने विषयमा सबैको उत्सुकता छ ।

चितवनमा सम्बोधन गरेपछि लामिछाने आजै दिउँसो १:५० बजेको बुद्ध एयरको विमानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

यो समाचारमा

काठमाडौँरवि लामिछानेभरतपुरचितवन
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...