मधेशका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

17
Share
Featured
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले पनि विश्वासको मत दिने निर्णय गरेको छ।
  • मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदैछन्।
  • एमालेको समर्थनसँगै यादवले अत्यधिक बहुमतसहित विश्वासको मत पाउने निश्चित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री यादवले आज (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्, जसमा एमालेले पनि समर्थन जनाउने निर्णय गरेको हो ।

एमालेकी प्रदेशसभा सदस्य शारदा थापाले पार्टीको संसदीय दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको पुष्टि गरिन् । "हाम्रो संसदीय दलले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ," उनले भनिन् ।

यसअघि एमाले बाहेकका सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । एमालेको समर्थनसँगै मुख्यमन्त्री यादवले अत्यधिक बहुमतका साथ विश्वासको मत पाउने निश्चित भएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...