रवि लामिछाने आज रिहा हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

28
Share
Featured
  • सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास) ले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
  • जिल्ला अदालत रुपन्देहीको थुनामा राख्ने आदेश बदर भई, आज आवश्यक प्रक्रिया पूरा गरेपछि उनी रिहा हुनेछन्।
  • उनले सुप्रिम सहकारी ठगी प्रकरणमा आफ्नो भागको बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी राख्ने माग गरेका थिए, जुन उच्च अदालतले स्वीकार गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शुक्रबार) रिहा हुँदैछन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त हुन लागेका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालत, रुपन्देहीको थुनामा राख्ने आदेशलाई बदर गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।

आज उनलाई जिल्ला अदालत, भैरहवामा उपस्थित गराई आवश्यक प्रक्रिया पूरा गरेपछि रिहा गरिनेछ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका थिए । जिल्ला अदालतले उनको माग अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका थिए, जहाँबाट उनको पक्षमा आदेश आएको हो ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीरुपन्देहीकाठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...