नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

37
Share
Featured
  • नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रूपमा दिएका छन्।
  • महाधिवेशनको उद्घाटन कार्यक्रम शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा हुने र चार दिनसम्म चल्ने कार्यक्रममा देशभरका १७४ शाखाबाट पाँच हजारभन्दा बढी प्रतिनिधि तथा अतिथिहरू सहभागी हुने जनाइएको छ।
  • महाधिवेशनमा जेसीज अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट (जापान) सुजुकी प्रमुख अन्तर्राष्ट्रिय अतिथिका रूपमा सहभागी हुनेछन् भने नेतृत्व चयनसँगै तालिम, अन्तरक्रिया र विभिन्न विषयमा छलफल हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ ।

जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत जेसीजका आयोजक जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रुपमा जानकारी गराएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भोली शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन ।

उनले चार दिनसम्म हुने कार्यक्रममा मेचीदेखि महाकालीसम्ममा रहेका जेसीजको १७४ शाखाका पाँचहजार भन्दा बढी अतिथिहरुको उपस्थिती रह्ने जानकारी दिइन् ।

यस महाधिवेशनको मुख्य केन्द्र बिन्दुको रुपमा जेसीजका अन्तर्राष्ट्रिय भाईस प्रेसिडेन्ट जापानका सुजुकी आउन लागेको थापाले जानकारी दिइन । उनले महाधिवेशनमा नेतृत्व चयन वाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।

उनले सार्क ट्यांक नेपालका पदाधिकारी पनि महाधिवेशनमा आउने र लगानी, व्यापार व्यवसायी, उत्पादन, नाफाका कुराहरुबारे जानकारी प्रशिक्षण दिने जानकारी दिइन ।

जनकपुरधाममा जेसीजले पाँचौ पटक अधिवेशन गर्न लागेको हो । यसअघि जनकपुर जेसीजले चार पटक महाधिवेशन जनकपुरधाममा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

यो समाचारमा

जापानकाठमाडौँमहाकालीजनकपुर
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...