बढैयातालमा रमाउँदै आगन्तुक चराहरु

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

17
Share
Featured
  • बर्दियाको बढैयातालमा साइबेरियासहित विभिन्न स्थानबाट आएका आगन्तुक चराहरू चिसो मौसमसँगै ठूलो संख्यामा देखिन थालेका छन्।
  • यस वर्ष अनौपचारिक अनुगमनमा ५० भन्दा बढी प्रजातिका रैथाने तथा आगन्तुक चराहरू फेला परेका छन् भने गत वर्ष २,१४९ वटा चरा गणना गरिएको थियो।
  • आगन्तुक चरा बढेसँगै चरा अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ र ताल संरक्षण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बर्दियाको बढैयातालमा आजभोली आगन्तुक चराहरु साइबेरिया लगाएतका विभिन्न स्थानबाट बसाइसराइ गरी आइपुगेका छन् । बर्दियामा चिसो मौसममा सबैभन्दा बढि आगन्तुक चरा पाइने बढैयातालमा चरा रमाइरहेको दृश्यावलोकन गर्न पाइन्छ ।

तालको पानीमा पौडी खेलिरहेका, विचरण गरिरहेका प्रशस्त चराहरू देख्न सकिन्छ । विशेषगरी पानीमा रमाउने सुनजुरे, हरि, बेल्चाठुँडे, खड्खडे, फुर्के, सिन्दुरे, हरियो टाउको हाँस र बिजुला गौरी चराहरू बढैयातालमा देखिने गरेका छन् ।

चराविद् रामबहादुर शाहीका अनुसार बढैयातालमा यतिबेला रैथाने र आगन्तुक चरा प्रशस्त मात्रामा देख्न सकिन्छ । अनौपचारिक रुपमा गरिएको अनुगमनमा यस बर्ष ५० भन्दा बढि प्रजातिका चराहरू बढैयातालमा देखिएको उनले बताए ।

गत वर्षको चरा गणनामा बर्दियामा बढैयातालमा सबैभन्दा बढी दुई हजार एक सय ४९ ओटा चराहरू फेला परेका थिए । तालमा गत वर्ष एक बच्चा सहित तीन ओटा सारस समेत फेला परेको थियो । सारसलाई विश्व मै संंवेदनशिल चराको सुचिमा राखिएको छ भने नेपालमा पनि संकटासन्न चराको रुपमा सारसलाई राखिएको छ ।

जति चिसो बढ्छ त्यती नै चराको संख्या बढ्दै जाने चराविद् शाहीले बताए । आगन्तुक चरा आएपछि विस्तारै चराको अवलोकन गर्न आउने पर्यटकको संख्या पनि वृद्धि हुन थालेको छ । चरा अवलोकन गर्न रुचाउने आन्तरिक र बाह्य पर्यटकको संख्यामा बढ्दै गएको छ । निकुञ्ज घुम्न आउने पर्यटकहरू बढैयातालमा चरा अवलोकन गर्नका लागि पुग्न थालेका छन् ।

बढैयाताल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तुलाराम थारूले तालमा आगन्तुक चराहरू आइरहेको बताए । उनले चरा हेर्नका लागि पर्यटकहरू आउन थालेकोले तालमा चहलपहल बढेको बताए ।

बढैयाताल एक सय ९ विगहा क्षेत्रफलमा फैलिएको छ । तालको गहिराइ तीन देखि सात फिट सम्म रहेको स्थानीयबासीहरू बताउँछन् । केही बर्ष अगाडि सम्म ठेक्का मार्फत माछापालन गरिएको तालमा हाल संरक्षण र पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिएको छ । बढैयाताल गाउँपालिकाको पहलमा विभिन्न निकायले ताल सुधारका लागि लगानी गरिरहेका छन् ।

नेपालमा ८ सय ९७ प्रजातिको चरा मध्ये २ सय प्रजातिका जलपक्षीको रहेका छन् । नेपालमा हरेक वर्ष एक सय ५३ प्रजातिका चराहरू बसाइ सरेर आउने गरेको तथ्याङ्क छ ।

यो समाचारमा

बढैयाताल गाउँपालिकाकाठमाडौँबर्दिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहलाई पुँजीबजार लगानीकर्ताले के दिए सुझाव ?

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार पुँजी बजारका नियामक निकाय र प्रमुख लगानीकर्ताहरूसँग बजार सुधारका विषयमा विशेष छलफल गरेका छन्। छलफलका क्रममा सरोकारवालाहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई यथासक्य चाँडो वैदेशिक रणनीतिक साझेदारसहित निजीकरण र पुनर्संरचना गर्न सुझाव दिएका छन्।लगानीकर्ताहरूले हालको सरकारी लगानी र संरचनाका कारण आधुनिक कारोबार प्रणाली

    Data is loading...

    Loading brands...

    Loading footer...