दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

25
Share
Featured
  • भारतमा आजदेखि दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन सुरु हुँदैछ, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरिएको छ।
  • सम्मेलन पुस ४ गतेसम्म सञ्चालन हुनेछ र जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीको योगदानमा केन्द्रित हुनेछ।
  • विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता र समुदायलाई एकत्र गर्दै सहकार्य प्रबद्र्धन र डब्लूएचओको नयाँ वैश्विक रणनीति २०२५–२०३४ कार्यान्वयनलाई अघि बढाउने लक्ष्य राखिएको छ।
  • सम्मेलनमा आयुर्वेद, योग, सिद्ध, युनानी, परम्परागत चिनियाँ चिकित्सा लगायत विभिन्न पद्धतिहरूको वैज्ञानिक आधार, आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकरण, नीति निर्माण, अनुसन्धान र दिगो अभ्यासबारे छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ । भारतले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पु-याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।

सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्रबद्र्धन गर्ने, डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को कार्यान्वयनलाई अघि बढाउने लक्ष्य राखेको छ ।

साथै सम्मेलनमा आयुर्वेद, योग, सिद्ध, युनानी, परम्परागत चिनियाँ चिकित्सा लगायत विश्वका विभिन्न परम्परागत उपचार पद्धतिहरूको वैज्ञानिक आधार, आधुनिक स्वास्थ्य प्रणालीसँगको एकीकरण, नीति निर्माण, अनुसन्धान तथा दिगो अभ्यासका विषयहरू पनि केन्द्रमा रहनेछन् ।

यो समाचारमा

विश्व स्वास्थ्य सङ्गठनकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...