नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु-प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार २३:५१

15
Share
Featured
  • अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनपछि आउने नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू तत्पर रहेको बताएकी छन्।
  • उनले सरकारको मुख्य एजेन्डा सुशासन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउनु रहेको स्पष्ट पारिन्।
  • निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबैको सहयोग आवश्यक रहेको र अराजकता नियन्त्रणमा सुरक्षा निकाय सक्रिय रहेको उनले भनिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमार्फत आउने नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले गत भदौमा भएको 'जेनजी' आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै आफ्नो सरकारको मुख्य एजेन्डा सुशासन र निर्वाचन भएको स्पष्ट पारिन् । "आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ हामी अहोरात्र खटेका छौँ," उनले भनिन् ।

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गरिन् । मुलुकलाई लोकतान्त्रिक विधि र सुशासनको मार्गमा अघि बढाउन निर्वाचन एक मात्र विकल्प भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकता र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताउँदै त्यस्ता तत्वको प्रतिरोध गर्न समुदायको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिइन् ।

यो समाचारमा

सुशीला कार्कीललितपुर महानगरपालिकाकाठमाडौँ

ट्यागहरू

#ललितपुर महानगरपालिका#प्रधानमन्त्री सुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू