सर्लाहीको उखु खेतीमा भीषण आगलागी

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

16
Share
Featured
  • सर्लाहीको गोडैता नगरपालिका–४ मा विद्युत सर्ट भएर भएको आगलागीले ५० बिघाभन्दा बढी उखु बाली नष्ट भयो।
  • प्रारम्भिक अनुमानअनुसार करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
  • प्रभावित किसानका लागि क्षतिपूर्ति माग गर्दै आगलागी जोखिम न्यूनीकरणको अपिल गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोड़ैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो।

आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर भएको थियो। स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको हो।

आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। नगर प्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका छन्।

साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न अनुरोध गरेका छन्। यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिले काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखुबालि आगलागीले नष्ट भएपछी स्थानीय किसानको जीवनयापनमै गहिरो असर पारेको छ।

यो समाचारमा

गोड़ैता नगरपालिकाकाठमाडौँसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...