आदिवासी जनजाति प्रतिष्ठानलाई प्रभावकारी काम गर्न प्रधानमन्त्रीको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

16
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छन्।
  • प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकले आगामी वर्षका नीति तथा कार्यक्रम पारित गर्दै कर्मचारी दरबन्दी ५२ बाट घटाएर ४२ पुर्‍याउने निर्णय गरेको छ।
  • लोपोन्मुख थरसम्बन्धी सूचीकृत विषय टुंग्याउँदै बजेट आवश्यकता पुष्टि भएमा बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई आफ्नो औचित्य पुष्टि हुने गरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले लोपोन्मुख, सीमान्तकृत तथा पिछडिएका जनजातिको उत्थान र संस्कृति संरक्षणमा जोड दिन आग्रह गरिन् ।

प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष कार्कीको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले प्रतिष्ठानको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकले प्रतिष्ठानको कर्मचारी दरबन्दी ५२ बाट घटाएर ४२ मा झार्ने निर्णय पनि गरेको छ । अब प्रतिष्ठानमा दुई सहसचिव र चार उपसचिवसहित ४२ जनाको दरबन्दी रहनेछ ।

त्यस्तै, बैठकले तथ्याङ्क कार्यालयले छुट्टै सूचीकृत गर्न प्रस्ताव गरेका २२ वटा लोपोन्मुख थरहरू हाल सूचीकृत ६० जनजातिभित्रै रहेको पुष्टि गरेको छ ।

बैठकमा प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि न्यूनतम २६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रस्ताव पेस गरेको थियो । जवाफमा प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनालले प्रतिष्ठानको कामको औचित्य पुष्टि भएमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अबदेखि प्रतिष्ठानको सञ्चालक परिषद् बैठक वर्षमा दुई पटक बस्ने निर्णय पनि भएको छ ।

यो समाचारमा

रामेश्वर खनालसुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...