जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

21
Share
Featured
  • अत्यधिक चिसो, धुवाँ–धुलो र पानी नपर्दा मुगुमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी बढेका छन्।
  • जिल्ला अस्पताल ठिनिमामा दैनिक ६०–७० बिरामी आउँदा बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित छन्।
  • गाउँगाउँमै स्वास्थ्य शिविर, औषधि आपूर्ति र चिकित्सक परिचालन गर्न सरकारसँग स्थानीयले माग गरेका छन्।
समाचार सारांशGenerated using AI.


हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ ।

मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन् । जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन् ।

जिल्ला अस्पताल मुगुका विशेषज्ञ डाक्टर अभिषेक मिश्रका अनुसार उपचारका लागि आउनेमध्ये पाँच वर्ष मुनिका बालबालिका, महिला तथा वृद्धवृद्धाको संख्या बढी रहेको छ । उनका अनुसार आर्थिक अभावका कारण धेरैजसो बिरामी रोग गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेका छन् ।

डाक्टर मिश्रले जिल्ला अस्पतालबाट सम्भव सबै उपचार सेवा प्रदान गरिएको जानकारी दिँदै भाइरल रोगबाट बच्न बालबालिकालाई चिसो, धुवाँ र धुलोबाट जोगाउनुपर्नेमा जोड दिए ।

साथै, वृद्धवृद्धामा दमको समस्या देखिने भएकाले घरमै अक्सिजनको व्यवस्था भए उपचारमा सहज हुने उनको भनाइ छ । सदरमुकाम गमगढी आसपासका बस्तीहरुमा भाइरल ज्वरो, रुघाखोकी र दमका कारण छाती, पेट, हातखुट्टा तथा शरीरका विभिन्न भाग दुख्ने, झमझमाउने, टाउको दुख्ने, सिँगान बग्ने, हाछ्युँ बढी आउने तथा खान मन नलाग्ने जस्ता समस्या देखिएको स्थानीयले बताएका छन् ।

बिरामी मणिचन्द्र कार्कीले गाउँमा हाल धेरैजसो घरमा बिरामी परेको भन्दै राजनीतिक भेटघाटभन्दा पनि औषधिसहित चिकित्सक टोली गाउँगाउँमै पुगेर उपचारको व्यवस्था गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन् । मुगु जिल्लामा फैलिएको सिजनल भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको उपचारका लागि गाउँबस्तीमै पुग्ने स्वास्थ्य शिविर, औषधि आपूर्ति तथा चिकित्सक परिचालन गर्न संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

यो समाचारमा

मुगुगमगढीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...