काठमाडौँ।
आज डिसेम्बर १५, विश्व इतिहासमा यो दिन विभिन्न महत्वपूर्ण राजनीतिक, सामाजिक र प्राविधिक घटनाहरूले भरिएको छ । अमेरिका-चीन सम्बन्धदेखि इराक युद्धको अन्त्यसम्मका घटनाले आजको दिनलाई विशेष बनाएका छन् ।
आजका प्रमुख ऐतिहासिक घटनाहरू:
सन् १९७८: अमेरिकाद्वारा चीनलाई मान्यता
कम्युनिष्ट क्रान्तिको ३० वर्षपछि आजकै दिन अमेरिकाले जनवादी गणतन्त्र चीनलाई औपचारिक रूपमा मान्यता दिएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले यो घोषणा गरेका थिए ।
सन् २०११: इराक युद्धको अन्त्य
अमेरिकाले इराकमा आफ्नो सैन्य मिसन समाप्त भएको घोषणा गर्दै करिब ९ वर्ष लामो युद्धको औपचारिक अन्त्य गरेको थियो ।
सन् १९३३: अमेरिकामा मदिरा प्रतिबन्ध फुकुवा
अमेरिकी संविधानमा २१औँ संशोधन गर्दै १३ वर्षदेखि मदिराको बिक्री-वितरणमा लगाइएको राष्ट्रव्यापी प्रतिबन्ध आजकै दिन हटाइएको थियो ।
सन् २०११: फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय
फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकलाई सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको भ्रष्टाचार अभियोगमा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २००९: बोइङ-७८७ ड्रिमलाइनरको पहिलो उडान
अमेरिकी विमान निर्माता कम्पनी बोइङको सबैभन्दा ठूलो र इन्धन किफायती मानिएको 'बोइङ-७८७ ड्रिमलाइनर' ले आजकै दिन पहिलो सफल उडान भरेको थियो ।
सन् १७९१: अमेरिकाको अधिकार विधेयक कानुन बन्यो
अमेरिकी संविधानको पहिलो १० संशोधनलाई समेटिएको 'बिल अफ राइट्स' (अधिकार विधेयक) ले आजकै दिन कानुनी मान्यता पाएको थियो ।